Comments Add Comment

ढाँट आगजनीको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

८, जेठ, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल छेउमा रहेको सडक बोर्ड नेपालको ढाटमा आगजनी र तोडफोड गरेको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन् ।

उनलाई पूर्वी चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि एक समूहले तोडफोड र आगजनी गर्दा एक जना महिला प्रहरी सहायक निरीक्षक कल्पना खड्कासमेत जलेर घाइते भएकी थिइन् । रेग्मीको उक्त घटनामा संलग्नता रहेको प्रहरीको आरोप छ ।

हुलदंगापछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा रेग्मीलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार दिउँसो पक्राउ नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने बताएपछि त्यहीबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनामा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment