+

दीपेन्द्रले ईटीपीएल नखेल्ने, आम्सटर्डमले घोषणा गर्‍यो प्रतिस्थापन खेलाडी

२०८३ भदौ  ५ गते ८:२६ २०८३ भदौ ५ गते ८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान दीपेन्द्र सिंह ऐरीले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्सका कारण युरोपियन टी–२० प्रिमियर लिग नखेल्ने भएका छन् ।
  • आम्सटर्डम फ्लेम्सले दीपेन्द्रको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ ।
  • रोटरडम डर्क्सबाट अनुबन्धित सन्दीप लामिछाने पनि राष्ट्रिय टोलीको जिम्मेवारीका कारण प्रतियोगिता नखेल्ने सम्भावना छ ।

५ भदौ, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् ।

उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ ।

फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली टोलीलाई प्रिमियर कप तथा एसियन गेम्सका लागि शुभकामना दिँदै ‘हामी टाइगरलाई समर्थन गर्नेछौं’ उल्लेख गरेको छ ।

दीपेन्द्रलाई यसअघि आम्सटरडम फ्लेम्सले अस्ट्रेलियाका स्टार अलराउन्डर मिचेल मार्श नेतृत्वको टोलीमा अनुबन्ध गरेको थियो । टोलीमा स्टिभ स्मिथ र टिम डेभिड पनि छन् ।

यस्तै, रोटरडम डर्क्सबाट अनुबन्धित नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि राष्ट्रिय टोलीको जिम्मेवारीका कारण प्रतियोगिता नखेल्ने सम्भावना छ ।

आईसीसीको स्वीकृति प्राप्त युरोपियन टी–२० प्रिमियर लिग युरोपका चार राष्ट्रमा आयोजना हुने बहुराष्ट्रिय फ्रेन्चाइज टी–२० प्रतियोगिता हो ।

यो प्रतियोगिता ईटीपीएलको पहिलो संस्करण हुनेछ ।

आम्सटर्डम फ्लेम्स दीपेन्द्रसिंह ऐरी युरोपियन टी-२० प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय