Comments Add Comment

अस्पतालको ‘लापरबाही’ले डाक्टरकै मृत्यु

९ जेठ, काठमाडौं । आजका प्रकाशित पत्रिकाहरु पाँचथरको सामुहिक हत्याकाण्ड र राष्ट्रपतिले राहदानी विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेको विषयकै वरिपरि केन्द्रित छन् ।

राष्ट्रपतिलाई स्वागत गर्न ओखलढुंगा सदरमुकामको सडकमा हतार हतार गरिएको पिच केही घण्टामै पानीले पखालिदिएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्वका साथ छापेको छ ।

कवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको सालिक अनावरण गर्न राष्ट्रपति भण्डारी आज ओखलढुंगा जाँदैछिन् । उनी जिल्ला आउने भएपछि सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकी मार्ग, भैरवटोल, पुरानो हुलका डाँडादेखि रामबजारसम्मका दर्जनौं खाल्डा पुर्दै रातारात सडक पिच गरियो । तर, बुधबार साँझ आएको पानीले पिचमात्र पखालेन स्थानीयबासीको विश्वाससमेत पखालिदिएको छ ।

यसैगरी एक्लो व्यक्तिले पाँचथरको आरुबोटेमा नौ जनाको हत्या कसरी गर्‍यो ? भन्ने प्रश्न पनि नयाँ पत्रिकाले उठाएको छ ।

यसैगरी एक्लो व्यक्तिले पाँचथरको आरुबोटेमा नौ जनाको हत्या कसरी गर्‍यो ? भन्ने प्रश्न पनि नयाँ पत्रिकाले उठाएको छ ।

पाँचथर हत्याकाण्ड : डरले एकै ठाउँमा सुत्छन् गाउँले

कान्तिपुर दैनिकले पाँचथरको आरुबोटे हत्याकाण्डलाई नै मुख्य समाचार बनाएको छ । बमबहादुर फियाक र धनराज शेर्माका ९ जनाको हत्या भएपछि स्थानीयबासी त्रासमा छन् । छिमेकीहरु भन्छन् निद्रा पर्दैन, खाना रुच्दैन, खुट्टो टेकिँदैन ।

त्यतिमात्र होइन यो घटनापछि बमबहादुर फियाकको घर भएको टोलका गाउँले राति एक्लाएक्लै सुत्न सकिरहेका छैनन् । बीभत्स घटना देखेका गाउँले राति एकै ठाउँमा भेला भएर सुत्न थालेका छन् ।

अस्पतालको लापरबाहीले डाक्टरकै मृत्यु

हामीले अस्पतालका डाक्टरको लापरबाहीले बिरामीको मृत्यु हुने गरेको समाचार त सुन्दै र पढ्दै आएका छौं । तर नेपाल समाचारपत्र दैनिकमा भने अस्पतालको लापरबाहीका कारण डाक्टरकै मृत्यु भएको समाचार छ । यो समाचार हो विराटनगरको नोबेल अस्पतालको ।

समाचारमा लेखिएको छ, ‘आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको अस्पतालको चरम लापरबाहीका कारण मंगलबार निधन भयो ।’

डाक्टर अग्रवाल विराटनगरस्थित कोसी अञ्चल अस्पताल कार्यरत थिए । बैशाख २३ गते देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल अस्पताल गएका थिए । चिकित्सकको सल्लाहबमोजिम सामान्य उपचार गराएर उनी फर्किए । भोलिपल्ट फेरि श्रीमतीका साथ अस्पताल गए । उनको एन्जिओग्राफी गरिएपछि स्वास्थ्यमा असामान्य अवस्था देखियो । उपचारको क्रममा उनको मस्तिष्कघात भयो । समाचारपत्र लेख्छ, ‘एन्जिओग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीररुपमा नलिँदा उहाँको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बसनेका छन् ।’

एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्ने औषधिमा कैफियत

राजधानी दैनिकले एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्न भनेर खाइने औषधिमा कैफियत देखिएको विषयलाई मुख्य समाचार बनाएको छ । नेपाली बजारमा बिक्री भइरहेका ९० प्रकारका औषधिको नमूना परीक्षण गर्दा कैफियत देखिएको समाचारमा उल्लेख छ ।

राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ गुणस्तर नियन्त्रक शैलेशकुमार झाका अनुसार ८४७ नमूनामध्ये ८४३ वटामा औषधिको मात्रा, घुल्ने क्षमता, फ्रियाबिलिटी टेस्टलगायतका कमी देखिएको छ । औषधि व्यवस्था विभागको नेतृत्वमा औषधिको गुणस्तर जाँच हुने गर्दछ ।

यार्सा टिप्ने विवादले नाकाबन्दी

नागरिक दैनिकले बझाङमा यार्सागुम्बा टिप्ने विषयमा साइपाल र तलकोट गाउँपालिकाका बासिन्दाबीच द्वन्द्व बढेको विषयलाई मुख्य समाचार बनाएको छ । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग गर्दै तलकोट गाउँपालिका-४ का बासिन्दाले त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् ।

‘साइपाल-३ का बासिन्दाले सामुदायिक बनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट-४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ,’ समाचारमा लेखिएको छ ।

सिभिल होम्स संकटमा !

अन्नपूर्ण पोष्ट दैनिकले सिभिल ग्रुपले सञ्चालन गरेको सिभिल होम्स प्रालिको सम्पत्तिभन्दा दायित्व बढी देखिएको समाचार छापेको छ । यसले गर्दा कम्पनी ऋणको साँवाब्याजा तिर्न समस्यामा परेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार सिभिल होम्स १ अर्ब १९ करोड ७८ लाख घाटामा छ । उसले अझै झण्डै एक अर्ब रकम बराबरको घर उपलब्ध गराउनै बाँकी छ ।

कारोबार दैनिकले आगामी आर्थिक वर्षदेखि सरकारले कृषि क्षेत्रमा एक अर्बको युवा विशेष कार्यक्रम ल्याउने समाचार छापेको छ । यो कार्यक्रमको उद्देश्य एक हजार युवालाई स्वरोजगार बनाउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment