+
+
Shares

मतगणनापछि मोदीको पहिलो प्रतिक्रिया : भारतले फेरि जितेको छ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १५:५०

९ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले फेरि जितेको प्रतिक्रिया दिएका छन् ।

लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणपछि पहिलो पटक प्रतिक्रिया दिँदै मोदीले भनेका छन् ‘भारतले फेरि एक पटक जितेको छ ।’

उनले आफ्नो चुनावी नारा सबका साथ, सबका विकास, सबका विश्वासका कारण फेरिक एक पटक जित हासिल गरेको ट्विटरमा लेखेका छन् ।

मोदीले लेखेका छन् ‘हामी सँगै अघि बढौं, सँगै समृद्ध बनौं र संगै हामी बलियो र समावेशी भारत बनाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?