Comments Add Comment

५ करोड रुपैयाँभन्दा कमको वैदेशिक लगानी निषेध

९ जेठ, काठमाडौ । सरकारले ५ करोड रुपैयाँभन्दा कमको वैदेशिक लगानी नभित्र्याउने भएको छ । मन्त्रिपरिषद बैठकले प्रति विदेशी लगानीकर्ताका लागि न्युनतम् सीमा ५ करोड रुपैयाँ तोकेको छ ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ५ करोडभन्दा कमको विदेशी लगानी नस्वीकार्ने निर्णय भएको जानकारी दिए ।

यो सँगै अब नेपालमा साना उद्योग व्यवसायमा भित्रिरहेको न्यून परिमाणको वैदेशिक लगानी रोकिने भएको छ । पछिल्लो समयमा होटल, रेस्टुरेन्ट, कार्गो लगायत क्षेत्रमा अधीक मात्रामा सानो परिमाणको भित्रिरहेको छ ।

यसले गर्दा स्वदेशी उद्योगी तथा व्यवसायी मारमा पर्दै आएका छन् । ठमेल लगायतका क्षेत्रमा सानो परिमाणको उद्योग तथा व्यवसायमा पनि अधीक मात्रामा विदेशी लगानीकर्ता स्थापित भएपछि स्थानीयहरु मारमा परेका छन् ।

लामो समयदखेखि होटल व्यवसायीहरुले विदेशबाट आउने साना लगानी निषेध गर्न माग गर्दै आएका थिए । अन्य क्षेत्रका व्यवसायीले पनि सानो परिमाणको लगानीले लाभ दिन नसक्ने बरु स्थानीय व्यवसायी नै मारमा पर्ने भन्दै विरोध जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment