Comments Add Comment

मायावतीलाई महागठबन्धनको लाभ, युपीमा फेरि भाजपाकै राज

१० जेठ, काठमाडौं । उत्तर प्रदेशमा महागठबन्धनका बावजुद सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को सरकार दोहोरिने निश्चित भइसकेको छ । सन् २०१४ मा ८० मध्ये ७३ सिट जितेको भाजपाले यसपटक ६२ सिट जितेको छ ।

महागठबन्धनले १५ स्थानमा विजयी हासिल गरेको छ । जसमध्ये १० सिट मायावतीको बहुजन समाज पार्टीले जितेको हो । अघिल्लो निर्वाचनमा भने मायावतीको पार्टीले एक सिट पनि जित्न सकेको थिएन ।

महागठबन्धनको दोस्रो ठूलो घटक समाजवादी पार्टीले पाँच स्थानमा जितेको छ । मुलायमसिंह यादवको यो पार्टीलाई भने गठबन्धनबाट लाभ भएन । उसले सन् २०१४ मा पाँच सिट नै जितेको थियो ।

महागठबन्धनमा सामेल राष्ट्रिय लोक दलले पनि खाता खोल्न सकेन ।

भारतीय काँग्रेस पार्टीले जम्मा एउटा सिट जितेको छ । अघिल्लो चुनावमा काँग्रेसले दुई सिट जितेको थियो ।

सिट बाँडफाँडमा कुरा नमिलेपछि काँग्रेसले महागठबन्धन बस्न मानेको थिएन । गठबन्धन काँग्रेसलाई नौ सिटमा उम्मेदवारको अफर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment