+
+
Shares

नेकपा सांसद महतोमाथि अनुशासनको कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते २०:५३

११ जेठ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशसभा सांसद शत्रुद्यन महतोलेलाई निलम्बन गरेको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा बागी उम्मेदवारी दिएका कारण उनी अनुशासनको कारबाहीमा परेका हुन् । संसदीय बोर्डले महतोलाई अनुशासनको कारबाही गर्दै १५ दिनका लागि निलम्बन गरेको छ ।

महतो धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सांसद हुन् । उनलाई अनुशासनको कारबाही गरिएको संसदीय दलका नेता सत्यष्नारायण मण्डलले जानकारी दिए । महतोलाई निलम्बन गर्न नेकपा संसदीय बोर्डले प्रदेशसभा सभामुख सरोजकुमार यादवलाई जानकारी गराएको छ ।

नेकपाले गत फागुन पहिलो सातामा सार्वजनिक लेखा समितिको सभापतिमा भरत साहलाई उम्मेदवार बनाएको थियो । तर, महतोको बागी उम्मेदवारी प¥यो । उनले समर्थकमा सांसद रामकुमार यादव थिए ।

तर, यादवको हस्ताक्षर फर्जी भएको पाइएपछि महतोको उम्मेदवारी खारेज भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?