+
+
Shares

माधव नेपालले दिए मोदीलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १८:०३

१२ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकसभामा ऐतिहासिक विजय प्राप्त गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत ल्याएसँग मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिने पक्का भएपछि नेपालले औपचारिक रुपमै मोदीलाई बधाई पत्र पठाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेतासमेत रहेका नेपालले एनडीए गठबन्धन, भाजपाका अध्यक्ष अमित शाह र गठबन्धनबाट लोकसभामा विजयी भएका सबैलाई बधाई ज्ञापन गरेका छन् ।

लोकसभामा एनडीए गठबन्धनले ३५० सिट जितेको थियो । भाजपा मात्रै ३०३ सिटमा विजयी भएको छ । यो भाजपाको एकल बहुमत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?