+
+
Shares

‘जोयश भाई जोडदार’मा रणवीर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते ११:०३

बलिउड नायक रणवीर सिंह आफ्नो नयाँ चलचित्र ‘८३’मा व्यस्त छन् । यो चलचित्रको सुटिङ सुरु भएको छैन । रणवीर भने यो चलचित्रको लागि भरपूर तयारी गरिरहेका छन् । चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्नेछन् । त्यसैको लागि रणवीर अहिले क्रिकेट सिकिरहेका छन् ।

यस्तैमा, ‘८३’ को सुटिङ सुरु नहुँदै रणवीरको नयाँ समाचार बाहिरिएको छ । रणवीरले ‘८३’ पश्चात् ‘यशराज फिल्मस्’को व्यानरसँग सहकार्य गर्नेछन् । ‘८३’ पछि रणवीर यशराज फिल्मस्को व्यानरमा बन्ने नयाँ चलचित्र ‘जोयश भाई जोडदार’मा काम गर्नेछन् ।

भारतीय मिडियाका अनुसार ‘जोयश भाई जोडदार’लाई दिव्यांग ठक्करले निर्देशन गर्नेछन् । यो चलचित्रलाई मनोरञ्जनात्मक कमेडी चलचित्र भनिएको छ । रणवीरले भने गुजराती युवाको भूमिका निर्वाह गर्नेछन् । चलचित्र अगष्टबाट छायांकनमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?