+
+
Shares

सलोन बने पूजाको ‘पूलिस दाई’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते ११:४०

नायिका पूजा शर्मालाई निर्देशक सुदर्शन थापाको चलचित्रमा मात्र काम गरिरहेको आरोप लाग्ने गरेको छ । तर, पूजा अब यो आरोपबाट विस्तारै मुक्त हुन थालेकी छिन् । उनी, चाडै नै शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्यो काले’मा काम गर्दैछिन् ।

उनै, पूजाले शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘बद्रीबहादुर’मा समावेश एक गीतमा नृत्य गरेकी छिन् । नायिका शर्मा र नायक सलोन बस्नेत चलचित्रमा अतिथी भूमिकामा छन् । ‘पूलिस दाई’ बोलको गीतमा पूजा र सलोनले नृत्य गरेका हुन् । सलोनलाई गीतको भिडियोमा प्रहरीको गेटअपमा देख्न सकिन्छ । पूजा र सलोनलाई नृत्य निर्देशक शिव वीकले नचाएका हुन् ।

चलचित्रमा भने जयकिशन बस्नेत, छुल्ठिम गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?