Comments Add Comment

गुल्मी कारागारका कैदीबन्दीलाई एक महिने हाउस वायरिङ् तालिम

१३ जेठ, गुल्मी । जिल्ला कारागार गुल्मीमा कैदी बन्दीलाई हाउस वायरिङ् तालिम दिन सुरु गरिएको छ । जिल्ला कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने हाउस वायरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुन्ने तालिम दिन सुरु गरिएको हो ।

सोमबार योग शिविरको समापन भएसँगै कारागारमै एक महिने हाउस वायरिङ्ग रसुइटर बुन्ने तालिम सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा प्रदेश ५ सरकारको २ लाख ५० हजार आर्थिक सहयोगमा २३ पुरुष र ३ जना महिला कैदीबन्दीका लागि तालिम आयोजना गरिएको जिल्ला कारागार गुल्मीका प्रमुख अर्जुन थापाले जानकारी दिए ।

तालिमको सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुभारम्भ गरेका छन् । बन्दी जीवन बिताउनेहरुलाई सीपमुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यले कारागारमै तालिम आयोजना गरिएको उनले बताए ।

कैदीबन्दीमा सकरात्मक सोचको विकास गर्न यसअघि मनोविज्ञान सम्बन्धी एक हप्ते योग शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment