+
+
Shares

रुपन्देहीमा नेकपा जिल्ला सचिवसहित १७३ जनाले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १४:०६

१३ जेठ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।

सोमबार बुटवलमा एक समारोहमा नेकपा महासचिव विष्णु पौडेलले जिल्ला सचिव निर्मल जिसीसहित १७३ जनालाई सपथ गराएका हुन् ।

जिल्ला अध्यक्ष शिव सुवेदीले यसअघि नै सपथ लिइसकेका थिए । नेकपा रुपन्देहीक जिल्ला कमिटी १ सय ७५ सदस्यीय छ । जसमध्ये १ सिट खाली राखिएको छ ।

पूर्वएमालेबाट १०५ र पूर्व माओवादीबाट ७० गरी कुल १ सय ७५ जनाको जिल्ला कमिटि रहेको छ ।

पार्टी एकता भएको झण्डै एक वर्षपछि नेकपा जिल्ला तहको एकता टुंगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?