Comments Add Comment

विप्लवको बन्दले प्रदेश २ पनि प्रभावित

१३ जेठ, जनकपुरधाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा प्रदेश २ को बिभिन्न ठाउँमा बम फेला परेको छ । एक ठाउँमा बम बिष्फोट भएको छ भने दुई ठाउँमा फेला परेको बमलाई निष्कृय पारिएको छ ।

प्रदेश २ प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका र रौतहटको चन्द्रंपुर नगरपालिकामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको जनाएको छ ।

बर्दिवास नगरपालिकाको मुल गेटमै र रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा बम फेला परेको थियो । बम फेला परेपछि चन्द्रनिगाहपुरमा करिब२ घण्टा यातायात समेत अवरुद्व भएको थियो ।

प्रदेशका प्रहरी प्रबक्ता डीएसपी दानबहादुर थापाले दुबै ठाउँको बम नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै सर्लाहीको हरिवन नगरपालिकामा आइतबार राति ११ः३० बजेतिर बम बिष्फोट भएको छ । बिष्फोटले पर्खालमा प्वाल परेको र सिसाहरु फुटेको प्रबक्ता थापाले बताए ।

विप्लव नेतृत्वको प्रभाव यसअघि प्रदेश २ मा नदेखिए पनि यस पटक देखिएको छ । बन्दका कारण प्रदेश २ का राजधानी जनकपुरसहितका जिल्लामा आंशिक प्रभाव परेको छ ।

पसलहरु खुला भएपनि लामो दूरीका सबारीसाधन चलेका छैनन् । पूर्व-पश्चिम राजमार्गमा पनि थोरै मात्र गाडी चलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment