Comments Add Comment

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका ६८ योजना बजेटमा पर्लान् ?

सबै योजना कार्यान्वयनका लागि आयोगद्वारा मन्त्रालयहरुमा फरवार्ड

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का ६८ वटा योजना बजेटमा पार्न प्रधानमन्त्री कार्यालयले योजना आयोगलाई पत्राचार गरेको विषय यसअघि निकै विवादित बन्यो । प्रधानमन्त्रीले आफ्नो जानकारीबिना कार्यालयले यस्तो काम गरेको भन्दै स्पष्टीकरणसमेत दिन बाध्य भए ।

प्रधानमन्त्रीको उक्त स्पष्टीकरणपछि आयोगले ती ६८ वटा प्रस्तावित योजनालाई के गर्‍यो होला ? यस विषयमा हामीले बुझ्दा पत्ता लागेको छ कि आयोगले ती सतप्रतिशत योजनाहरु बजेटमा पार्न मन्त्रालयहरुलाई लेखी पठाएको छ । प्रधानमन्त्रीले त्यसरी सिफारिस गरिनु गलत भएको भनेर स्वीकार गरे पनि ती आयोजनाहरुलाई आयोगले नजरअन्दाज गर्न सकेन ।

प्रधानमन्त्री आफैं अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई प्रधानमन्त्रीको सचिवलायबाट सम्वोधन गरेर पत्र लेखिएको थियो ।

आयोगका एक अधिकारीले पत्रमा उल्लेखित सबै योजनाहरु आयोगमा दर्ता गरेर कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको जानकारी दिए । ती अधिकारीले भने, ‘यहाँबाट कुनै पनि योजनाहरु काटिएका छैनन्, काटिए भने मन्त्रालयहरुबाटै काटिएलान् ।’

प्रधानमन्त्रीले पत्र पठाएर गल्ती गरेको बाहिर बताए पनि पत्र फिर्ता गराउन वा कार्यान्वयन नगराउन कुनै कदम नचालेकाले सम्बन्धित मन्त्रालयमा फरवार्ड गरिएको उनले बताए ।

हामीले यस विषयमा आयोगका प्रवक्ता डा. किरण रुपाखेतीलाई पनि सोध्यौं । तर, उनले यस विषयमा आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए । उपाध्यक्षलाई नै सम्वोधन गरेर आएको चिठी भएका कारण पनि यस विषयमा आफू अपडेट नभएको उनले बताए ।

प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेर योजना आयोगमा पत्राचार गरिएको थयो । यसको बोधार्थ झापास्थित ५ नम्बर क्षेत्र सांसद सम्पर्क कार्यालयलाई समेत दिइएको थियो ।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा धेरैजसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित योजनाहरु माग गरिएका छन् । उक्त मन्त्रालय र आपतकालीन उद्दार तथा बाढी–पहिरो रोकथामसमेत गरेर २२ वटा आयोजना छन् । यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ११, युवा तथा खेलकुद मन्त्रालयका ७, सहरी विकासका ६, खानेपानीका ५, बैकल्पिक उर्जाका ५, जल तथा उत्पन्न प्रकोप ३, मझौला सिञ्चाईं ५, डिप ट्यूवेल ४, पुल ५, पर्यटन १५ र उर्जा मन्त्रालय २ गरी ९० वटा आयोजनाहरु प्रस्ताव गरिएको छ ।

शहरी विकास मन्त्रालयलाई थमाएको सूचीको पहिलो नम्बरमा दमक भ्युटावरको योजना रहेको छ । दमकमा आधुनिक बहुतले बसपार्कको योजनासमेत आगामी बजेटमा समेट्न भनिएको छ । दमकमा रेलिङदेखि लिएर अस्पताल निर्माणसम्मका योजना प्रधानमन्त्रीको सूचीमा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment