Comments Add Comment

थाइल्याण्डमा शिल्पासँग रोमान्टिक आयुष्मान

चलचित्र ‘सानो मन’को छायांकन अहिले थाइल्याण्डमा भैरहेको छ । थाइल्याण्डको राजधानी बैंककमा छायांकन भइरहेको चलचित्रको शिर्ष गीत र केही दृष्यहरु त्यहाँ खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रको शिर्ष गीत ‘सानो मन’को आधा भन्दा बढी थाइल्याण्डको पताया र आसपासमा छायांकन सम्पन्न गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । उनले भने–‘हामीले गीतको आधा भाग पतायाको समुन्द्री किनारमा खिचेका छौँ । बाँकी भाग बैंककमा खिच्नेछौ ।’

गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के फिचरिङ छन् । भिडियोमा चलचित्र निर्देशक सुयोग गुरुङकै कोरियोग्राफी छ । चलचित्रलाई आलोक शुक्लाले खिचिरहेका छन् ।
चलचित्रको शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर छ भने स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

‘ओपिजी फिल्मस्’, ‘ए प्लस इन्टरटेन्मेन्ट’ र ‘हाइटेक इन्टरटेन्मेन्ट’को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तलको लगानी छ । चलचित्रको कथा समिर सुनुवार र निर्देशक गुरुङले तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment