Comments Add Comment

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

१५ जेठ, सल्यान । भोजपुरमा एक आमाले २२ महिने छोराको हत्या गरेको समाचार सेलाउन नपाउँदै सात महिने छोरी हत्या आरोपमा सल्यानबाट एक महिला पक्राउ परेकी छन् ।

छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरी हत्या आरोपमा पक्राउ गरेको हो ।

सात महिनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुहामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment