Comments Add Comment

देश नयाँ युग प्रारम्भको मोडमा : देउवा

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वय भइसकेकाले संक्रमणकालीन राजनीतिको अन्त्य भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘ऐतिहासिक निर्वाचनपश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाले आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्रले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समतामुलक समाज निर्माणमा योगदान गर्नुपर्ने मत देउवाको छ ।

‘नेपालको संविधानको संरक्षण र संघीय लोकताीन्त्रक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु’, देउवाले भनेका छन् ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापश्चात कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा स्थापित भएको स्मरण पनि देउवाले विज्ञप्तिमार्फत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment