+
+
Shares

निर्वाचित संस्थाको मानमर्दन गणतन्त्रविरुद्धकै व्यवहार : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १०:५६

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचित संस्थाहरुको मानमर्दन गणतन्त्रविरुद्धकै व्यवहार हुने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेको उल्लेख गरे । जनअभिमतको धरातलमा खडा भएका संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने भन्दै ओलीले भने, ‘जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनसक्दैन ।’

गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको उनले बताए । ‘वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन्’ प्रधानमन्त्री ओलीले भने ।

गणतन्त्र दिवसले गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताए ।

उनले भने, ‘त्यसैले हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।’ समृद्ध नेपाल–सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको सरकार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?