Comments Add Comment

बुटवलमा पनि मनाइयो गणतन्त्र दिवस

१५ जेठ, बुटवल । प्रदेश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा बुधवार विहान विभिन्न झाँकीसहित र्‍याली निकालेर गणतन्त्र दिवस मनाइएको हो ।

राजमार्ग चौराहाबाट दर्जनौं संघसंस्थाको सहभागितामा निस्केको र्‍याली बुटवल मण्डपमा पुगेर मुल समारोहको आयोजना गरिएको थियो । र्‍यालीमा नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी समेतको सहभागिता थियो ।

सो अवसरमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लामो संघर्षपछि प्राप्त गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको र यसबीचमा समृद्धिको आधार तयार भएको बताए । गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिक सम्प्रभुतामा आधारित जीवन पद्धती भएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भइ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कर्मचारी समायोजनपछि प्रशासनिक संघीयता कार्यान्वयन भएको र अब वित्तीय संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको भन्दै उनले अब प्रदेश सरकार अघि बढ्ने बलियो आधार खडा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment