Comments Add Comment

मुख्यमन्त्री पोखरेल भन्छन्- अब हामीले पराजित गर्नुपर्ने कुनै शक्ति छैन

१५ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब नेपालमा पराजित गर्नुपर्ने कुनै शक्ति नभएको दावी गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा बुटवल मण्डपमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हिजो राजतन्त्र फाल्न र परिवर्तनका लागि धेरै त्याग र योगदान गर्‍यौं, अब भने मुलुकमा देखिएको गरिबी, अशिक्षा, पछौटेपन, बिभेद र असमानता निर्मूल गर्नुपर्नेछ ।

मुख्यमन्त्री पोखरेलले गणतन्त्रलाई जीवनपद्धतिका रुपमा विकास गर्नुपर्ने बताए । बलियो राज्य बनाउन संघीयता आएको भन्दै अब तीन तहलाइ नै बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

शहीदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको उनको भनाइ छ ।

तीन तहको चुनाव सम्पन्न भइ जनप्रतिनिधिबाट शासन व्यवस्था शुभारम्भ भइ संविधानको व्यबहारिक कार्यान्वयन अहिले कर्मचारी समायोजनसम्म आइपुगेको उनले बताए ।

अब वित्तिय संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । उनले प्रदेश ५ मा समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर हिँडेको दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment