Comments Add Comment

गणतन्त्र विरोधीहरु सल्बलाउँदैछन् : प्रचण्ड

१५ जेठ, ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताएका छन् ।

ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उनले गणतन्त्र विरोधी शक्ति विभिन्न बाहनामा सलबलाए पनि सफल नहुने जिकिर गरे ।

सरकारले ल्याएको समृद्धिका सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य हुनुपर्ने भन्दै प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई आफूले निरन्तरता दिने बताए ।

उनले लोकतन्त्र स्थापनाका लागि निरंकुशताविरुद्ध शिर नझुकाउने क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्न पाउदा आफूलाई गौरव महसुस भएको पनि बताए । शहीदहरु कुनै पार्टी विशेषका नभई आम जनता र देशका हुने भन्दै प्रचण्डले शहीदको सम्मान सबैले गर्नुपर्ने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment