
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वितरणमुखी भनेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै बजेटमा नयाँ कुरा केही नभएको र खर्च गर्ने क्षमताविनै कार्यक्रमहरु राखिएको बताएका छन् ।
‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ’ उनले भने ।
सरकारले कार्यान्वयन नै गर्न नसक्ने बजेट ल्याएको उनले टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4