Comments Add Comment

‘माइस टुरिजम’ प्रबर्द्धन गर्ने अर्थमन्त्रीको घोषणा

Photo Credit : welcome nepal

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा सभा-सम्मेलनका माध्यमबाट हुने पर्यटन (माइस-टूरिजम)लाई प्राथमिकता दिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख पर्यटकीय गन्तब्यमा माइस पर्यटन विकास गर्ने घोषणा गरे । यस्ता गन्तब्यमा स्तरीय सडक, ठूला सभाहल र सम्मेलन केन्द्रको विकास गरिने छ ।

नेपाललाई आकर्षक, सुरक्षित र साहसिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य अनुसार आगामी आवमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन गर्ने घोषणा पनि सरकारले गरेको छ । पर्यटकीय स्थलको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने घोषणा सरकारले गरेको छ ।

नेपाल एकीकरणमा प्रयोग भएका गढी, किल्ला र बाटोलाई संरक्षण गरी आकर्षक पर्यटकीय गन्तब्य बनाउने बजेट मा उल्लेख छ । पर्वतीय, कृषि, खेल, ग्रामीण, जलयात्रा, स्वास्थ्यलगायत उत्पादनलाई समेटेर एकीकृत पर्यटन विकास गर्ने घोषणा सरकारले गरेको छ ।

सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म जोड्ने हिमालयन हरित पदमार्गको अवधारणा पनि सरकारले ल्याएको छ । रारालाई राष्ट्रिय प्रवर्द्धन गन्तब्य बनाउने घोषणा सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment