Comments Add Comment

गण्डकीका अर्थमन्त्री भन्छन् : बजेट संघीयताविरोधी, नयाँ कुरा केही छैन

१५ जेठ, काठमाडौं । संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बुधवार पेश गरेको बजेटप्रति नेकपाकै प्रदेश सरकारले असन्तुष्टि जनाएका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले बजेट केन्द्रिकृत मानसिकताबाट पुरानै शैलीमा आएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै गुरुङले भने ‘संघीयतालाई बलियो पार्ने ढंगले यो बजेट आएन । गण्डकी प्रदेश पूरै उपेक्षित भएको छ । यो बजेट पहुँचवालाको पछि पछि दगुर्ने खालको आएको छ । यसमा नयाँ र नौलो कुरा केही पनि छैन । यसले संघीयतालाई उपेक्षा गरेको छ ।

मन्त्री गुरुङले पुरानै केन्द्रिकृत सोच र मानसिकताका आधारमा तयार पारिएको बजेट वक्तव्य भन्दै स्रोतहरु विकास गर्ने ढंगले नआएको बताए । उनले प्रदेश र स्थानीय तह बलियो बनाउने ढंगले बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment