+
+

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

रासस रासस
२०७६ जेठ १६ गते ९:३३

१६ जेठ, चितवन । पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् ।

बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।

कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताए ।

पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?