+
+

ललितपुरको केमिकल गोदाममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते ९:५७

१६ जेठ, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा बिहीबार बिहान आगलागी भएको छ ।

महानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहीबार बिहान ३ बजे आगलागी भएको हो ।

बिहानै लागेको आगो ६ घण्टापछि बिहान नौ बजे नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट गोदामका सामान जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ । यद्यपि, आगलागीबाट कति क्षति भयो यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

आगलागीको कारण प्रष्ट कारण खुलिसकेको छैन । तर, प्रहरीले विद्युत सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरेको छ ।

यसअघि पनि भैंसेपाटीको यती कार्पेट उद्योगमा आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?