Comments Add Comment

मोफसल दौडमा बोर्ड अध्यक्ष, भन्छन्–‘असारसम्म सबै हलमा बक्स अफिस’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई अहिले मोफसल दौडमा छन् । काठमाण्डौ बाहिरका हलमा बक्स अफिस जडान गर्ने दौडमा उनी र उनको टिम लागेको हो । यसको सुरुवात शनिबार प्रदेश नम्बर १ अन्र्तगतको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरबाट सुरु हुँदैछ । संचार, सूचना तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसको उद्घाटन गर्दैछन् ।

बोर्ड अध्यक्ष भट्टराइका अनुसार, अब देशभरका हलमा बक्स अफिस जडान हुनेछ । उनले भने–‘काठमाण्डौ बाहिरका धेरै हल पनि बक्स अफिस सर्भरमा जोडिसकेका छन् । हामीले, पछिल्लो समय ८० वटा हललाई हार्डवेयर र सफ्टवेयर अनुदान दिएका छौ ।’

उनका अनुसार, यो सरकारको नीति नै भएकाले बक्स अफिसमा जान्न भनेर हलले भन्ने अवस्था छैन । बोर्ड अध्यक्षले भने–‘असार मसान्तसम्म देशभरका सबै हलमा बक्स अफिस लागिसक्छ । यसैको तयारीका लागि हामी मोफसल दौडमा हिडेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment