+
+
Shares

आगो निभाउन जाँदा एक महिलाको मृत्यु

रासस रासस
२०७६ जेठ १६ गते १२:५०

१६ जेठ, डोटी । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।

गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी हुन् । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीमा गएको एक महीनायतादेखि जङ्गलमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करीब ७८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले जानकारी दिए ।

सेती नदीमा शव भेटियो    

जिल्लाको सेती नदीमा एक शव फेला परेको छ । शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक क्षेत्र भागेश्वर नजिकै हालै निर्माण भएको झोलुङ्गे पुल नजिकै नदीमा शव फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

शवको पहिचान नभइसकेको भए पनि यही जेठ ३ गते शुक्रबार सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्लाको केआइसिंह गाउँपालिका–५ रानागाउँका शिक्षक योगबहादुर रावलको शव हुनसक्ने प्रहरी उपरीक्षक माझीले बताए । उनले भने, ‘शव भेटिएको छ, चिन्न सकिने अवस्थामा छैन, तर शिक्षक योगबहादुर रावलको हुनसक्ने हामीले अनुमान गरेका छौं ।’

सेती नदीमा नुहाउने क्रममा रानागाउँको सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषय शिक्षकसमेत रहेका रावल जेठ ३ गतेदेखि बगेर बेपत्ता भएका थिए । रावल बगेर बेपत्ता भएको करीब १२ दिनपछि उनी बगेको ठाउँबाट करीब चार/पाँच मिटर तल उक्त शव भेटिएकाले शव रावलकै भएको हुनसक्ने प्रहरीको अनुमान रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?