+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

वीरगञ्जबाट १ लाखको कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते १६:५९

१६ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ ।

वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती टोलीले कपडालगायतका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काका अनुसार चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली पैठारी गरी ल्याउदै गरेको एक लाख ३४ हजार ३१० रुपैयाँ बराबरको लत्ता कपडा, सीसी क्यामेरा तथा किराना समान बरामद भएको छ ।

बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार नै सशस्त्र प्रहरीले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने १९ वषर्ीय रोहन बस्नेत लागू औषधसहित पक्राउ परेका हुन् ।

रोहनको साथबाट डाइजेल्याब २८ वटा, नुरफिन २१ वटा, फेनारगन ३४ वटा फेला परेको थियो ।

शरीरमा लुकाएर भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गरेको अवस्थामा उनलाई वीरगञ्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रणमा लिएको सशस्त्रले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीले पनि वीरगञ्जबाट अवैध लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरे २२ वषर्ीय श्रीकृष्ण दराईलाई लागू औषधसहित पक्रेको हो ।

दराईको साथबाट नाइट्रोभेट ट्याबलेट २२५ वटा (१५ पत्ता), नाइट्रोजम ४० वटा (४ पत्ता) फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?