Comments Add Comment

अपराध नियन्त्रण गर्न मोरङ प्रहरीका पाँच अभियान

१६ जेठ, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण र अनुसन्धानका लागि पाँचवटा फरक अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीले अन्य क्षेत्रमा सञ्चालन नगरेका पाँच वटा योजना सञ्चालन गरिएको मोरङ प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा १३ महिना कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले केन्द्रदेखि ७७ वटा जिल्लामा नभएका योजना मोरङमा सञ्चालन गरेको दावी गरे ।

सवारी दुर्घटना न्यूनिकरणका लागि मापसे -मादक पदार्थ सेवन)परीक्षा, नागरिक सूचना कार्ड, सेवा प्रभाहमा कलर कोड, लागूऔषध नियन्त्रण अभियान र मोवाइल एप्स सञ्चालनमा छन् ।

अहिले एसपी केसी जेठ १२ गते सरुवा भई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल सरुवा भएका छन् ।

सरुवा भएर जानुअघि उनले अपराध नियन्त्रणका लागि लागू गरिएका योजनाहरु कार्यन्यन गर्न आग्रह गरेका छन् । उनको स्थानमा प्रहरी उपरीक्षक विश्व अधिकारी आएका छन् । ‘७७ वटा जिल्ला भन्दा फरक केही अभियान यहाँ सञ्चालनमा छन्,’ केसी भन्छन्, ‘ अभियान निरन्तरता पाउनुपर्छ ।’

संगठित अपराधमा विद्यावारिधी गर्ने तयारी गरिरहेका केसी अभियानले अपराधन नियन्त्रण र अनुसन्धानमा सहयोग पुगेको बताउँछन् ।

‘मोवाइल एप्स चलाउन थालेका कारण अनुसन्धानमा धेरै सहज भएको छ,’ उनी भन्छन्, ‘ कुनै घटनामा मुद्दा फाटको टोली पुग्न भन्दा अगाडि पुगेको प्रहरीले तस्वीरहरु खिएर मोवाइल एप्समा हाल्दा अनुसन्धानलाई प्रभावकारी बनाउन मद्दत पुगेको छ ।’

लागूऔषध दुव्र्यसन, ओसारपसार, खरिद बिक्री अपराध नियन्त्रण गर्न भारतीय जोगवनी बजारसँग जोडिएको विराटनगर रानीमा, ‘लागू औषधविरुद्ध विशेष अभियान चलाइएको छ ।

जोगवनी लागू औषध प्रयोगकर्ताहरुको अखडा हो । अभियानको तीन महिनाको अवधिमा १ हजार ६ सय ७८ जना दुर्व्यसनीलाई चिकित्सक र प्रहरीको संयुक्त टोलीले परामर्श गरेका थिए ।

प्रहरीले गत असोज २४ गतेदेखि मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन चलाए अनिवार्य लिखित परीक्षा दिनु पर्ने नियम लागू गरेको थियो ।

मापसे परीक्षामा दुई हजार छ सय एक जना चालकले जिल्ला प्रहरी कार्यालय मोरङमा परीक्षा दिएका छन् । मापसेका कारण हुने दुर्घटनामा पनि कमी आएको प्रहरीको दावी छ ।

प्रहरीले गत भदौ यता मोरङका ५५ हजार ४ सय ५६ घरधुरीको विवरण सूचना कार्डमा अभिलेख गरेको छ ।

ग्रामीण क्षेत्रमा प्रहरी उपस्थिति बढाउन सूचना कार्ड लागू गरिएको हो । सूचना कार्ड लागू भएपछि प्रत्येक नागरिकको घरमा ६ महिनामा प्रहरी एक पटक पुग्नेछ । जसले गर्दा अपराधिक गतिविधी नियन्त्रण गर्न मद्दत पुग्ने एसपी केसीले बताए ।

जिल्ला प्रहरी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राहीले आफ्नो काम अनुसारको कार्ड लागू गरिएको छ ।

डेढ महिनाअघि लागू गरिएको सेवा कार्डले कार्यालयमा आउने सेवाग्राहीका लागि सेवा प्रवाहमा सहज भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment