१५ कात्तिक, काठमाडौं । युक्रेनको गुप्तचर निकायले शुक्रबार रूसको राजधानी मस्को नजिकैको ४०० किलोमिटर लामो इन्धन पाइपलाइनमाथि आक्रमण गरेको छ । उक्त पाइपलाइनको नाम रिङ हो ।
यस हमलाले रुसी सेनालाई हुने पेट्रोल, डिजेल र हवाई जहाजको इन्धनको आपूर्ति रोकिएको युक्रेनी पक्षले दाबी गरेको छ ।
हमलामा मस्कोको दक्षिण-पूर्वी इलाकामा रहेका तीनवटै मुख्य लाइनहरू एकसाथ नष्ट भएका छन् । त्यहाँ ड्रोनहरूलाई रोक्ने प्रणाली र हतियारधारी गार्डहरू तैनाथ भए तापनि सबै निष्प्रभावी भए ।
अहिले पाइपलाइन पूर्ण रूपमा बन्द भएको छ र रुसी सेनालाई इन्धन रोकिएको छ ।
सञ्चार माध्यमका रिपोर्टहरू अनुसार, यो पाइपलाइनबाट हरेक वर्ष ३० लाख टन जेट इन्धन र लाखौं टन पेट्रोल-डिजेल ओसारपसार हुन्थ्यो । यस क्षतिले रुसी सेना र मस्कोको अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ ।
रूसी गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले आफ्ना सिधा हमलाहरूले विश्वका सम्पूर्ण आर्थिक प्रतिबन्धहरूले भन्दा धेरै नोक्सान पुर्याइरहेको बताए ।
यो आक्रमण रातभर चलेका युक्रेनी ड्रोन हमलाहरूको एक हिस्सा थियो । रुसी सेनाले १० इलाकाहरूमा ९८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।
मस्को नजिकैको झुकोभ्स्की शहरमा रातभर बिजुली अवरुद्ध भयो । तुला शहरमा ड्रोनका टुक्राहरू सडकमा खसेपछि ट्राफिक रोकिएको थियो ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4