News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले नटिङहाम फरेस्टसँग २-२ गोलको बराबरी खेलेको छ।
- खेलमा युनाइटेडले १-० को अग्रता पाएको थियो, तर दोस्रो हाफमा नटिङहामले दुई गोल गर्दै अगाडि बढ्यो।
- ८१औं मिनेटमा अमाद डियालोले गोल गर्दै युनाइटेडले हार टारेको हो र पाँचौं स्थानमा छ।
१५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार टारेको छ । शनिबार बेलुका भएको खेलमा युनाइटेडले नटिङहाम फरेस्टसँग २-२ गोलको बराबरी खेलेको हो ।
एक समय १-० को अग्रताबाट २-१ ले पछि परेको युनाइटेडले बराबरी गोल गर्दै हार टारेको हो ।
खेलको ३४औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवाती समयमै नटिङहामले २ मिनेटको अन्तरमा २ गोल फर्कायो ।
४८औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले गोल गरे भने ५०औं मिनेटमा निकोलो साभोनाले गोल गर्दै टोलीलाई अग्रतामा ल्याए ।
८१औं मिनेटमा अमाद डियालोले गोल गर्दै युनाइटेडको १ अंक जोगाए ।
यो नतिजापछि युनाइटेडको १० खेलमा १७ अंक भएको छ र पाँचौं स्थानमा छ । नटिङहामको ६ अंक मात्र छ ।
शनिबारै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई २-० ले हराउँदा फुलहामले वुल्भ्स र ब्राइटनले लिड्स युनाइटेडलाई समान ३-० गोलअन्तरले हराए ।
प्रतिक्रिया 4