Comments Add Comment

प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश ५ ले अंक बाँडे

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र प्रदेश ५ ले अंक बाँडेका छन् ।

त्रिवि क्रिकेट मैदानमा दोस्रो पारी चल्दै गर्दा भारी वर्षा परेपछि खेल रद्द भएको हो । रद्द भएसँगै दुबै टिमले एक–एक अंक बाँडेका हुन् ।

१८९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश पाँचले १९ ओभरको क्षतिमा चार विकेट गुमाएर ५६ रन बनाउँदा पानी पर्न थालेको थियो । प्रदेश ५ का लागि शुभेन्दु पाण्डेले २९ रन बनाए । सुदूपश्चिमका लागि विनोद लामाले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा १८८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ६२ रन बनाए । त्यस्तै, नरेश बोहराले ३१ रन बनाएका थिए ।

बलिङतर्फ कृष्ण कार्की, सिद्धान्त शाही, जितेन्द्र सहनीले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment