+

मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई

२०७६ जेठ  १६ गते १६:५८ २०७६ जेठ १६ गते १६:५८
मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई

१६ जेठ, काठमाडौं । मलेसिया र चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल सघं (एन्फा) ले मलेसिया र चाइनिज ताइपेसँग खेल्ने नेपाली टिमलाई आज सातदोबाटोमा विदाई गरेको हो । नेपाली टिम बिहीबार नै मलेसिया प्रस्थान गर्नेछ ।

विराज महर्जनको कप्तानीमा रहेको नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, जुन ६ तारिखमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा अभिषेक रिजालले पहिलो पटक टीममा स्थान बनाएका छन् । भने नियमित खेलाडी विमल घर्तीमगर, भरत खवास र हेमन गुरुङ टिमबाहिर छन् ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड/फरवार्ड : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय