+

जापान सरकारद्वारा एन्फालाई भौतिक संरचना हस्तान्तरण

२०७६ जेठ  १६ गते १७:४१ २०७६ जेठ १६ गते १७:४१
जापान सरकारद्वारा एन्फालाई भौतिक संरचना हस्तान्तरण

१६ जेठ, काठमाडौं । जापान सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा निर्माण गरेको शौचालय र टेक्निकल रुमसहित अन्य भौतिक संरचना एन्फालाई हस्तान्तरण गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार कार्यक्रम गर्दै एन्फालाई जापान सरकारले निर्माण गरेको भौतिक संरचना एन्फालाई हस्तान्तरण गरेको हो । नेपालका लागि जापानको राजदूत मासामिची साइगोले शौचालय र टेक्निकल रुम एन्फालाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

जापानले अपाङमैत्री शौचालय, टेक्निकल रुम निर्माण लगायतको भौतिक संरचना निर्माण गरेको छ । जापान सरकारले एन्फालाई भौतिक संचरना निर्माण गर्न ७१ हजार ५८१ अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय