Comments Add Comment

टोर्नाडो प्रभावितका ‘सानो पाइला’ले थाल्यो ‘पुनर्निर्माण बारा’ अभियान

१७ जेठ, वीरगञ्ज । सानो पाइला नामक गैरसरकारी संस्थाले ‘पुनः निर्माण बारा’ अभियान सञ्चालन गर्ने भएको छ । चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडो प्रभावितका लागि घर निर्माण गर्न उसले अभियान थालेको हो ।

अभियानअन्र्तगत पहिलो चरणमा फेटा गाउँपालिकाको गम्हरियामा ५ घर निर्माण गर्ने तयारी गरिएको सानो पाइलाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । त्यसका लागि संस्थाले स्थानीय स्तरबाटै ५ लाख रुपैयाँ सहयोग जुटाइसकेको छ ।

टोर्नाडोपछि चरणवद्ध रुपमा पटक पटक सर्वे भएका छन् । ती सर्वेबाट पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षति भनी घरलाई बाँटफाँड गरिएको छ । सर्वेलाई विश्वसनीय बनाउन पटक पटक सर्वे गरिएको हो । सर्वेको काम सकिएपछि नेपाली सेनाले पूर्ण क्षतिग्रस्त घर निर्माण शुरु गरेको छ । वर्षाअघि नै घर निर्माण सम्पन्न गर्ने भनिए पनि अहिले पहिलो चरणकै काम चलिरहेको छ । बारा र पर्सामा गरी १४ सय ५३ वटा घर पूर्ण क्षतिग्रस्त भएकोे तथ्याङ्क सेनासँग छ ।
प्रारम्भिक सर्वेक्षणमा फेटा गाउँपालिकाले गम्हरिया गाउँमा २० वटा घर पूर्ण क्षति भएको तथ्याङ्क परेको थियो । दोस्रो पटक गरिएको सर्वेक्षणमा ११ वटा घर पूर्ण क्षतिमा परेको थियो ।

तर अन्तिम पटक भएको अध्ययनले ६ वटा घरलाई पूर्ण क्षतिमा पारेको छ । सानो पाइलाको विकास र रणनीति प्रमुख विक्रम उपाध्याय पूर्ण क्षति नभएको भनिएका घर पनि घर बस्न लायकको अवस्थामा नरहेकाले सानो पाइलाले ती घर निर्माणका लागि सहयोग गर्ने सोच बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment