
काठमाडौं । इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा एन्टोनिओ कोन्टे नियुक्त भएका छन् ।
चौथो स्थानमा रहेर लिग टुंग्याएको इन्टरले लुसआनो स्पालेटीलाई बर्खास्त गरेको थियो । कोन्टेले उनको स्थान लिनेछन् ।
फेरि इटली फर्किएका ४९ वर्षीय कोन्टे २०१८ मा चेल्सीबाट बर्खास्त भएका थिए । २०११ देखि २०१४ सम्म युभेन्टसको प्रशिक्षक रहेका उनले तीन पटक सिरी ए को उपाधि जिताएका थिए ।
त्यसपछि इटलीको प्रशिक्षक भएका उनी युरो कपपछि लण्डनको क्लबमा आए । उनले चेल्सीलाई प्रिमियर लिग र एफए कपको उपाधि दिलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4