Comments Add Comment

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । साथै राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निम्तो हस्तान्तरण गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए । शुक्रबार उनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुबै नेताले उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको थियो । यस्तो भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत हुने दुबैको विश्वास छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment