+
+
Shares

भरतपुरको अस्पताल रोडमा डोजर चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १९:४५

१७, जेठ, चितवन । भरतपुर अस्पताल रोड अगाडि रहेका सटरले सडक मिचेर संरचना निर्माण गरेको भन्दै भत्काउन भरतपुर महानगरपालिकाले डोजर चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेका तथा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रले भाडामा लगाएका सटरले सटरभन्दा अगाडिसमेत आई विभिन्न संरचना खडा गरी व्यापार गर्दै आएका थिए । प्रहरीकै सटर अगाडि बसेर मनलाग्दी ढंगले संरचना बनाएर ब्यापार गरेको र फुटपाथ मिचेको भन्दैं महानगरपालिकाले डोजर चलाएको जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नः १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, मेयर रेनु दाहालले मुख्य सल्लाहाकार गोपाल न्यौपाने, नगर प्रहरीसहितको टोली डोजर लिएर सटर अगाडिका संरचना भत्काउन पुगेको थियो ।

सो क्षेत्रमा सटर लिएर होटल चलाएका अधिकांशले बाहिर चुल्हो बनाएर खाना पकाउने र फोहर गर्ने गरेकोले हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।

‘गणतन्त्र दिवसको दिन प्रजिअ, महानगरको मेयर लगायतका व्यक्तित्वहरु सरसफाइमा जाँदा सडक मिचेर संरचना बनाएको देख्नुभएको थियो, मेयर सावले तत्कालै हटाउन भन्नुभयो’ प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने, ‘मेयर ज्यूको आदेश कार्यान्वयन उहाँहरुले नगरेको हुनाले आज महानगर आफैले कार्यान्वयन गरेको हो ।’

सो क्षेत्रमा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रले निकै महंगो भाडा लिएर १५ वटा सटर भाडामा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?