Comments Add Comment

किन गर्‍यो एयर इन्डियाको जहाजले ओभरसुट ?

१९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाजले ओभरसुट गर्‍यो । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो ।

विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानकै समस्याले मिस एप्रोच भएर ओभरसुट गरिएको बताए ।

विहान ८ः५५को समयमा ल्यान्ड गर्न आएको विमान बाटो पहिल्याउन नसकेर ओभर सुट गरेको थियो । त्यसपछि विमान फेरि निजगढ पुगेर फेरि अवतरणको लागी आयो र सबा ९ बजे सफल अवतरण गर्‍यो ।

एयरपोर्टका अन्य अधिकारीहरुले भने विमान दुर्घटनाबाट जोगिएको बताएका छन् । नयाँदिल्लीबाट आएको एयरबसको ए ३२०-२१४ सिरिजको जहाजले ओभरसुट गरेको हो ।

ओभरसुट सामान्य भएपनि आइतबारको ओभरसुट असामन्य देखिएको विमानस्थलका अधिकारीले बताएका छन् । विमान फेरि अवतरण गरेर यात्रु लिई पुनः दिल्ली उडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment