Comments Add Comment

त्रिभुवन विमानस्थलमा पहिलोपटक बन्यो ‘रिमोट पार्किङ’ वे, बुधबारबाट सञ्चालनमा

१९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङ वे (जहाज पार्किङ स्थल) तयार भएको छ । त्रिभुवन विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा पार्किङ वे बनाइएको हो ।

‘रिमोर्ट पार्किङ वे’ नाम दिइएको यस पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिने त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुधबारबाट यी दुई पार्किङ क्षेत्र संचालनमा ल्याइदैछ । त्रिभुवन विमानस्थलमा अब अन्तर्राष्ट्रिय पार्किङ वे संख्या ११ पुगेको छ । अहिले रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज पार्क गर्न मिल्छ भने ६ वटा वेमा न्यारोबडी जहाज राख्न म्लिछ ।

एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ । बिमानस्थल कार्यालयका अनुसार करिब ४७ करोड रुपैयाँ लागतमा ‘रिमोट पार्किङ वे’ निर्माण भएको हो । विमानस्थलमा अहिले दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे बनिरहेको छ । यो वे भने नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज पार्क गर्ने प्रयोजनमा बनाइएको हो ।

किन भनिएको हो रिमोट पार्किङ वे ?

सामान्ततया अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विष्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मूख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहा जहाज राख्नुको मतलव सम्भावित क्षति न्यूनिकरण गर्नु हो । त्रिभुवन विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो ।

सुरक्षा कारवाही गर्नुपर्दा या अन्य आकस्मिक अवस्थामा टाढा दुरीमा रहेको जहाजका कारण विमानस्थल आसपास रहेका अन्य जहाज र यात्रुमा क्षति पुग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment