+
+
Shares

‘पानीफोटो’ मार्फत खगेन्द्रको निर्देशनमा डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते १६:१८

 

कलाकारको रुपमा आफ्नो छुट्टै स्थान बनाइसकेका खगेन्द्र लामिछानेले अब चलचित्र निर्देशन गर्ने भएका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘पानीफोटो’ आज घोषणा गरिएको छ । पन्ध्र बर्ष अगाडि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा यो चलचित्र बन्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

चलचित्रमा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, वुद्दि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको बिषयमा खगेन्द्रले भने–‘यो कथामा सन् २०११ मै चलचित्र बनाउँछु भन्ने सपना थियो । यही सपना पुरा गर्न म निर्देशकको रुपमा डेब्यू गर्दैछु । यसको अर्थ, अरु निर्देशकको चलचित्रमा कामै गर्दिनँ भन्ने होइन ।’

खगेन्द्रले इमान्दार बनेर आफूले चलचित्र निर्देशन गर्ने बताए । यो चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेपछि खेल्न लागेको कलाकार सुनिल पोखरेलले जानकारी दिए । यस्तै, कलाकार निशा शर्माले पनि आफ्नो भूमिका शक्तिशाली लागेपछि गर्न लागेको बताइन् ।

चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी रहनेछ । चलचित्रमा पुष्पासंगमको पाश्र्व संगीत, घनश्याम श्रेष्ठको कला निर्देशन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन, दिपक बज्रचार्यको छायांकन रहनेछ ।

खगेन्द्रले द्धन्द्धकालको कथामा चलचित्र बनाउन लागेको बिषयमा भने–‘अबको पुस्तालाई द्धन्द्ध किन आवश्यक छैन र त्यसले के कस्ता घटना घटाउँछ भनेर वुझाउन आवश्यक छ । यसैले पनि यस्तो कथामा चलचित्र अब बनाउन आवश्यक छ भन्ने मलाई लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?