
Photo Credit : पत्रकार शर्मा /अनलाइनखबर फाइल
१९ जेठ, काठमाडौं । ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दुर्घटनामा परेका दुई जनालाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे । तर, उपचारका क्रममा दुवैको मृत्यु भएको उनले जनाए ।
उनका अनुसार कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4