+
+
Shares

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम, भारतमा रोजगारी गर्नेको बीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते २०:०२

१९ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भारतमा रोजगारी गर्नेको बीमा गर्ने योजनासहित नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले आइतबार प्रदेशसभामा पेश गरेको अगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा भारतमा रोजगारी गर्नेको विमा गर्ने योजना पनि समेटिएको छ ।

यस्तै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउने योजनासमेत प्रदेश सरकारले अगाडि सारेको छ ।

चालु खर्च घटाउदै पुँजीगत खर्च बृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने नीति सुदूरपश्चिम प्रदेशले लिएको छ ।

अधिकांश पुरानै कार्यक्रमलाई निरन्न्तरता दिएर ल्याईएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर वृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ।  प्रदेश सरकारले सामाजिक असमानता हटाउन विभिन्न किसिमका कार्यक्रम अघि सारेको छ ।

प्रदेशलाई आउँदो तीन वर्षमा पूर्ण साक्षर घोषणा गर्नेदेखि प्रदेशका नौ वटै जिल्लामा मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक व्यक्ति एक खाता, मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम अन्तर्गत नमूना कृषि गाउँ आफै बनाउ, एक घर एक तालिम प्राप्त व्यक्ति, एक स्थानीय तह एक औद्योगिक उत्पादन, एक जिल्ला एक नमुना शहर, एक निर्वाचन क्षेत्र एक खेल मैदानलगायतका महत्वकांक्षी कार्यक्रम समेत ल्याएको छ ।

महाकाली अञ्चल र सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने जनाएको छ भने फाप्लामा बहुउपयोगी अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गरिने जनाइएको छ ।

बजेट वितरणमा समेत भौगोलिक विकटता र मानव विकास सुचकांकलाई आधार मानिने तथा आर्थिक बृद्धि हुने खालका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रदेशमा व्याप्त महिला हिंसा, छाउपडी प्रथा लगायतका कुरीति निरुत्साहित गर्न पनि विशेष खालका कार्यक्रम सञ्चालन गरिने भनिएको छ भने विपन्न तथा पिछडिएका समुदायलाई सम्बोधन गर्ने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले दुर दृष्टि नपुर्‍याई अगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको प्रतिपक्षी दल नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको सरकारले दुर दृष्टि नपुर्‍याई नीति कार्यक्रम ल्याएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?