
२० जेठ, प्यूठान । आइतवार साँझ परेको चट्याङबाट प्यूठानमा एक महिलाको ज्यान गएको छ ।
नौबहिनी गाउँपालिका–५, सानो डामृमा ६४ वर्षीय गोठी बुढाको मृत्यु भएको हो ।
बाख्रा चराउन जंगल गएका बेला चट्याङ लाग्दा बेहोस भएकी बुढाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको स्थानीय तेजेन्द्र विएमले जानकारी दिए ।
चट्याङले सात वटा बाख्रासमेत मरेका छन् ।
यसैबीच, वर्षाले पनि जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । वर्षाले डामृकै हेमराज सुनारको घर भत्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4