+
+
Shares

१६ असोजमा चालु अधिवेशन अन्त्य हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते ६:१३

१५ असोज, काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

गत मंगलबारको मन्त्रिपरिषद बैठकले असोज १६ गते चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेबाट सुरु भएको थियो । त्यसता अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट र अध्यादेश प्रतिस्थापनका विधेयक पारित तथा प्रमाणीकरण गरेको थियो ।

यस्तै वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक पनि पारित तथा प्रमाणीकरण भएका छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमाणीकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?