+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

सोलुखुम्बुमा प्रहरी चौकी कब्जामा लिने विप्लवको प्रयास !

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १३:३३

२० जेठ, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्रमा गतिविधि बढाएको छ ।

जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।

तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ । घटनाको एक उच्च सुरक्षा अधिकारीले अनलाइनखबरसँग पुष्टि गरेका छन् ।

उनले भने, ‘२०/२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।’

ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए ।

उनका अनुसार थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ ।

गस्ती बढेको छः गाउँपालिका अध्यक्ष

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘खोला पारिपट्टि रहेको वडा नं. ५ को नुर्कुममा विप्लव कार्यकर्ताको आउजाउ भइरहेको सूचना थियो । प्रहरीले गस्ती पनि बढाएको थियो ।’

गएराति भएको घटनाबारे भने अहिलेसम्म यर्थाथ विवरण आइनसकेको उनले बताए । यद्यपि, उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती बढाएको भने स्वीकारे ।

यो पनि पढ्नुहोस्  : सोलुखुम्बुमा हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?