Comments Add Comment

नेपाल क्लियरिङ हाउस र युकेएडबीच साझेदारी हुने

 

२० जेठ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड -एनसीएच्ाएल)ले युकेएडको सक्षम प्रोग्रामसँग कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली प्रवर्द्घन गर्न, नेसनल पेमेन्ट इन्टरफेस लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फन्ड विस्तार गर्न साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमको आयोजना गरी यसको औपचारिक घोषणा गरिएको छ ।

उक्त पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, अन्य पदाधिकारीहरु, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी संघका अध्यक्षहरु, डीएफआईडीका प्रतिनिधीहरु समेतको उपस्थिती रहेको थियो ।

यो समझौतापछिको कार्यले नेपाल भरिका बैंक वित्तिय संस्थाहरु लगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध-सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, पीएसपी/पीएसओ लगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने बिश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment