+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सोलुखुम्बु घटनाबारे गृहमन्त्रीलाई तीन सुरक्षा प्रमुखको ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १८:४२

२० जेठ, काठमाडौं । गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण भएको घटना सार्वजनिक भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तीन सुरक्षा निकायका प्रमुखबाट ब्रिफिङ लिएका छन् ।

नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे सोमबार दिउँसो गृहमन्त्री थापालाई ब्रिफिङ गरेका हुन् ।
गृह स्रोतका अनुसार ब्रिफिङमा गृह सचिव प्रेमकुमार राई र शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि उपस्थित थिए ।

सहभागी एक अधिकारीका अनुुसार सुरक्षा प्रमुखले आ–आफ्नो रिपोर्ट गृहमन्त्री थापालाई सुनाएका थिए । ‘छेस्काममा ३० देखि ४० जनाको संख्यामा हतियारधारी व्यक्तिको मुभमेन्ट देखिएको थियो’, एक सुरक्षा प्रमुखको रिपोर्टलाई उधृत गर्दै स्रोतले भन्यो, ‘प्रहरी चौकीमा हान्न लागेको आशंकामा त्यहाँको टोली अन्यत्र सरेको थियो ।’

प्रहरीको पाएको अग्रिम सूचना र अपनाइएको सावधानीका कारण क्षति हुन नपाएको सुरक्षा निकायको रिपोर्ट छ ।

व्रिफिङपछि आवश्यकता अनुसार मुलुकको विकट क्षेत्रमा रहेका प्रहरी कार्यालयमा थप मद्दत पठाउन गृहमन्त्री थापाले निर्देशन दिएका थिए । विप्लव नेता÷कार्यकर्तालाई लक्षित गरेर पहाडी क्षेत्रमा प्रहरी र सशस्त्रको संयुक्त अपरेशन चलाउने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।

गएराति चौकीमा आक्रमण भएको विषयलाई लिएर विप्लव समूहले भने विज्ञप्ति जारी गर्दै आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।

यो पनि पढ्नुहोस् : 

सोलुखुम्बुमा प्रहरी चौकी कब्जामा लिने विप्लवको प्रयास !

गाउँमा हतियारधारी छिरेको सूचना पाएलगत्तै किन भाग्यो प्रहरी ?

विप्लव प्रवक्ताले भने : सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?