Comments Add Comment

महिलालाई खुँडा प्रहार गरी फरार व्यक्ति पक्राउ

२०,जेठ, चितवन । महिलालाई खुँडा प्रहार गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ३४ कि सोममाया कामीलाई धारिलो हतियार खुँडा प्रहार गरी फरार भएका सोही ठाउँमा नारायण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विकले जेठ १७ गते राति १० बजे खुँडाले सोममायाको घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गा रेग्मीले जानकारी दिए ।

कसुर प्रमाणित भएमा १० बर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment